Poem: Late night thoughts
सुन्यता म लेख्थेँ, धेरै लेख्थेँ चाहे खुसी व्यक्त गर्न होस् चाहे दुख चाहे पीडा व्यक्त गर्न होस् चाहे सुख चाहे प्रेम व्यक्त गर्न होस् चाहे घात चाहे जित व्यक्त गर्न होस् चाहे मात ती सबै भवनाहरु बिच एउटा छुट्टै भवना छ सुन्यता जब खुसीको आकाशमा उडिरहदा, कसैले जमिनमा नमज्जाले बजार्छ, तब दुख्छ शरीर, मुटु चाहे जे होस् बरु दुखाइ जीउँदै रहदा उठ्न मन लाग्छ उठेर फेरि उड्न मन लाग्छ तर जब दुखाइ साथै मन मर्छ तब तिमी सून्य हुन्छौ जुन अवस्थामा लडेको थियौ त्यही अवस्थामा पडिरहन्छौ समयले जुनै घाउ निको पार्छ, मान्छु म तर जब घाउ गहिरो हुन्छ तब निको हुँदा दाग बस्छ मुटुको चोट अलि बेग्लै हुन्छ त्यहाँ दाग हैन खाल्टो पर्छ थाहा छ खाल्टो छ तर त्यस्लाई पुर्न मन छैन त्यही हो सुन्यता खुसी हुँदा दिल खोलेर हाँसिन्छ पिडामा बरु भक्कानो फुटाइ आँसु झारिन्छ सुन्यता अलग छ न त यसले हाँस्न दिन्छ, न त रुन भावनाबिहिन हैन, यो पनि एउटा भवना हो मौसमसरि भावना बद्लिन्छ तर सुन्यता अलि बेग्लै छ "कोमा" भनिन्छ नि, त्यस्तै हुन्छ सुन्यता आसपासको कुराको खबर त छ, प्रतिकृया दिन सकिन्न समग्रमा भन्नू पर्दा जीउँदो लास ठिक त्यस्तै हुन...