Poem: Late night thoughts
सुन्यता
म लेख्थेँ, धेरै लेख्थेँ
चाहे खुसी व्यक्त गर्न होस् चाहे दुख
चाहे पीडा व्यक्त गर्न होस् चाहे सुख
चाहे प्रेम व्यक्त गर्न होस् चाहे घात
चाहे जित व्यक्त गर्न होस् चाहे मात
ती सबै भवनाहरु बिच एउटा छुट्टै भवना छ
सुन्यता
जब खुसीको आकाशमा उडिरहदा, कसैले जमिनमा नमज्जाले बजार्छ, तब दुख्छ
शरीर, मुटु चाहे जे होस्
बरु दुखाइ जीउँदै रहदा उठ्न मन लाग्छ
उठेर फेरि उड्न मन लाग्छ
तर जब दुखाइ साथै मन मर्छ
तब तिमी सून्य हुन्छौ
जुन अवस्थामा लडेको थियौ
त्यही अवस्थामा पडिरहन्छौ
समयले जुनै घाउ निको पार्छ, मान्छु म
तर जब घाउ गहिरो हुन्छ तब निको हुँदा दाग बस्छ
मुटुको चोट अलि बेग्लै हुन्छ
त्यहाँ दाग हैन खाल्टो पर्छ
थाहा छ खाल्टो छ तर त्यस्लाई पुर्न मन छैन
त्यही हो सुन्यता
खुसी हुँदा दिल खोलेर हाँसिन्छ
पिडामा बरु भक्कानो फुटाइ आँसु झारिन्छ
सुन्यता अलग छ
न त यसले हाँस्न दिन्छ, न त रुन
भावनाबिहिन हैन, यो पनि एउटा भवना हो
मौसमसरि भावना बद्लिन्छ
तर सुन्यता अलि बेग्लै छ
"कोमा" भनिन्छ नि, त्यस्तै हुन्छ सुन्यता
आसपासको कुराको खबर त छ, प्रतिकृया दिन सकिन्न
समग्रमा भन्नू पर्दा जीउँदो लास
ठिक त्यस्तै हुन्छौ जब तिमी सुन्य हुन्छौ
न त कसैबाट केही आस गरिन्छ, न आफुले केही प्रयास
सुन्यता अजिब छ
सबै भावनालाई हराइ यसले एक्लै राज गर्छ
न कुनै जीतको खुसी हुन्छ, न कुनै हारको पिर
न प्रेमको उमङ्ग हुन्छ, न घातको रोदन
शब्दले खै कसरी बुझाउँ कस्तो छ सुन्यता
खुसी हुँदा मेरा शब्दमा तिमी मुस्कान भेट्थ्यौ
बरु दुख तिमी त्यसमा आँसु भेट्थ्यौ
तर अहिले म सुन्य छु
शब्द कोर्न खोज्छु तर तिमी त्यस्मा सुन्यता भेट्छौ
खोक्रो, रित्तो लागे होलान्
तर त्यस्तै त छ सुन्यता
त्यही त हो सुन्यता
आकाशमा जब कालो बादल छाउँछ
तब पानी पर्छ अनि घाम लाग्छ
तर पानीबिनाको कालो बादलजस्तो हुन्छ सुन्यता
न त बर्सिन्छ न घाम उदाउन दिन्छ
सुन्यता मरभुमीजस्तो हुन्छ
न त्यहाँ बसन्तमा नयाँ पालुवा पलाउछन्
न शिशिरमा मरेका पातहरु झर्छन्
चारै तिर केबल बालुवै बालुवा
मरभुमीमा बसन्तको आश कसरी गरुँ
भनिहालेँ नि, न त कुनै आश न केही प्रयास
आँसु सुकेको आँखा हो
मुस्कान बिर्सेको ओठ हो सुन्यता
गन्तव्य बिनाको यात्रु जस्तो हो
बिना कुनै उदेश्य बस हिडिरहन्छ
सुन्यतामा जीवन पनि यसरी नै चलिरहन्छ
सुन्यतामा जीवन पनि यसरी नै चलिरहन्छ।
-Martina Gautam
Humm, kina yesto 🤔🤔 humm! Why so sad !
ReplyDeleteThank you so much for reading it. Means a lot. It’s a beautiful poem I guess. Nothing to be sad about. And you are?
Delete