Poem: A Poet Who Doesn’t Write
धोकेबाज कवि
चाहे मायाका कुरा लेखेर होस्
चाहे पीडाका आँसु पोखेर
शब्दले बुनेर ति तरङ्गहरुलाई
एउटा कविताको आकृति दिइ
कलमको मसिले एउटा पानामा उतारिदिन्थे।
धेरै लेखेँ, साथी, मैले
जब जब कसैले दिलको तारमा
सितार सरी संगीत भर्यो
शब्दले बाँधी खुसीको स्वरूप
बनाउनुको आनन्द बेग्लै
तब पनि लेखेँ मैले
जब उसैले त्यही संगीतलाई
रोदनको कोलहालमा बदलिदियो
रोदनको आँसु समेटी
बेग्नास बनाउनुको मज्जा छुट्टै।
तर भर्खरै चाल पाउँदै छु
धोकाको पनि आकृति हुँदो रहेछ,
आकृति के भनूँ,
कोही मान्छे यति सिपालु
उसले धोकाकै महल बुन्यो
उसको त्यही शब्द खेलाउने र केलाउने
कलाको म दिवानी बनेँ,
त्यो महल यति सुन्दर थियो,
हेरि-हेरिकन म दङ्ग परेँ
त्यती सुन्दर पनि माया हुन्छ र?
आफैलाई मैले सोधिरहेँ,
तर कठै त्यो त धोका थियो।
धोका प्राय यथार्थभन्दा सुन्दर नै हुँदो रहेछ,
मानौँ कुनै सपनाजस्तो
धोकाको जालमा जब तिमी पर्छौ,
तिमी अर्धचेतनशिल हुन्छौ
ठ्याक्कै निन्द्रामा परेजस्तो
तर जब आँखा खुल्दा सपना टुट्छ,
ठीक त्यस्तै जब तिम्रो चेत खुल्छ,
धोकाको सून्दरता पनि छुट्छ।
त्यो भन्दा त बरु म यथार्थमै रमाउँछु
मान्छु खासै सुन्दर नहोला, खास नहोला
SPECIAL नहोला;
कसैले तिमीलाई तिमीजस्तो कोही छैन भनि
महशुस नगरौला
तर अन्तरालमा हेर्दा यथार्थको आयु लामो
कमसेकम सपनासरी बिलाउदैन
मान्छु त्यति धेरै खित्का छुट्ने हाँसो नहोला
तर भक्कानो फुट्ने रोदन पनि त हुँदैन।
दिल टुटेको आवाज
हरपल तिम्रो कानमा गुञ्जिदैन
केही क्षणको खुसी अनि फेरि
लामो निरासा हुँदैन
निरासा के भनूँ कुनै आसा हुँदैन
जब केही आस हुन्न
तब उदासी पनि त हुँदैन।।
-Martina Dhana Gautam
I think that person should also start writing. Would be a good poet, I guess. Haha
ReplyDeleteWho knows? LOL
DeleteUsle sabda sanga khelna nipurda parideyacha 😁
ReplyDelete