Poem: That anonymous soulmate.
जिवनसाथी
तिमीलाई भेटेर चिनाजानी बढाउनु भन्दा बरु यस्तै ठिक
नदेख्दा त हरेक सासमा बस्छौ तिमी
मेरो मुटुको हरेक धड्कन चल्दा म तिमीसङ्ग भएकोे कल्पना गर्छु
हरेक पल तिमी मेरो आसपास भए जस्तो लाग्छ
हर रात सपनीमा म आफुलाई तिम्रै साथमा देख्छु
न मलाई तिम्रो अस्तित्वको चेत छ
न नै तिम्रो नाम थाह छ
न को हौ थाह छ मलाई न कहाँ छौ थाह छ
तर यती थाह छ,
कतै कुनै दिन,
सोच्दै नसोची अचानक,
तिमी मेरो अगाडी हुनेछौ
सायद मेरा आँखाले तिमीलाई नचिन्ला
सायद तिम्रो श्पर्श मलाई नौलो लाग्ला
सायद तिम्रो आवाज मेरा अन्जान कानले नठम्याउलान्;
तर मेरो आत्माले तिम्रो आत्मालाई चिन्नेछ
तिम्रो तरङ्ग मलाई आफन्त लाग्नेछ
तिम्रो मुटुको धड्कन मलाई सुनिरहेको झैँ लाग्नेछ।
पहिलो मुलाकातमा नै सायद नचिनौँला
तर यदी म तिम्रो लागी र तिमी मेरो लागी बनेकै हौं भने,
हाम्रो मुलाकात भइ रहनेछ
किस्मतले हाम्रो बाटो जुदाइरहने छ
आधी म चिनौँला तिमीलाई, आधी तिमीले चिन्नु
आधी म अगाडी बढौँला, आधी तिमीले बढ्नु
म तिम्रो जिवनमा केही महत्व राख्छु भने, त्यसो देखाउनु
मनमा मेरो लागी केही छ भने, त्यो सदभाव जताउनु
बदलामा म पनि तिम्रो जिवनको खालिपन भरिदिने छु
आफ्नो भन्ने मात्र होइन, साँच्चै आफ्नोपन जताउने छु
आफ्नो भन्ने मात्र होइन, साँच्चै आफ्नोपन जताउने छु।।
-Martina Gautam

Comments
Post a Comment